जानकी फाइनान्सको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।
संस्थापक सेयरधनी अशोककुमार जालान र अशोककुमार साहको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो। अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता रहेका छन्।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुमात्रै आवेदन दिन पाउनेछन्। संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment