मन्दिरकाे सामान चाेरी गरेको आराेपमा २८ वर्षीय युवक पक्राउ
सिरहा। बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment