महिला टि-२० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिड्दै
काठमाडौं। महिला टि-२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुँदैछ। पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो। आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रँदैछ।
नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि-२० आई खेल भइसकेका छन्। जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ। सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment