महिला टि २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा

डिसी नेपाल
२१ जेठ २०८० ९:०८
216
Shares

काठमाडौँ। महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेको छ। नेपाल–मलेसियाबीच जारी महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ। आजको खेल जारी श्रृंखलाको पाँचौं तथा निर्णायक खेल हो।

पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो। दोस्रो र तेस्रो श्रृंखलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छिन्।

नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ। अन्य खेलाडी यथावत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *