“बेसारे माया” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक भएको छ। यस गीतमा मेलिना राई र अशोक सुनारको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ।
भिडियोमा उनै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने हरी हुँमागाईको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा शंकर बिसी र मेलिना तामाङको नृत्य तथा अभिनय हेर्न पाईन्छ।
यसअघि शंकर बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै गीतहरु बजारमा आएका थिए तर अमेरिकाबाट नेपाल आए पश्चात ९ महिनामा नृत्य अभिनय गरेको पहिलो गीत यही हो। यस गीतलाई रमेश परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment