पुलिसद्वारा उपाधि दाबेदार मछिन्द्र पराजित

डिसी नेपाल
२१ जेठ २०८० २०:०२
988
Shares

काठमाडौं। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।

आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । खेलको २७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

जितसंगै पुलिसले २४ खेलमा ३७ अंक जोडेको छ । मच्छिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ । त्यस्तै आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्यो । संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.