प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला

डिसी नेपाल
२२ जेठ २०८० १५:०६
184
Shares

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ। भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ। सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन्।

सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन्। तर, उनीहरु होहल्ला भने गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.