क्यानाडामा प्रकाश सपुतको सकम्बरी साँझ

डिसी नेपाल
२३ जेठ २०८० ८:५३
368
Shares

काठमाडौँ। गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन्।

आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिँदैछन् ।

आँगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन्। ‘क्यानाडा आउँदैछु। निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुती दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुती दिएता पनि क्यानाडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु।’ उनी आफ्नो प्रस्तुतीलाई लिएर उत्साहित छन्।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन्। दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए।

‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं। उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने। उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन्।

उनले यो कार्यक्रम गर्नुको उदेश्य ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिरलाई सघाउनु रहेको बताए। ‘हाम्रो उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन हो। कार्यक्रमबाट आर्जन भएको मुनाफा पशुपतिनाथ मन्दिर ब्राम्प्टनलाई हस्तान्तरण गर्ने छौ।’ मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्यांकवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *