‘पान पाते ओठ’ गीत सार्वजनिक
काठमाडौं । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ। गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।
शेर साउद निर्देशित भिडियोमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन्।
भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ। भिडियोको पोस्ट प्रोडक्सन एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन छ।
गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन्। नयाँ गीत ‘पान पाते ओठ’ बाट गायक न्यौपाने आशावादी छन्। गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment