शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

डिसी नेपाल
२४ जेठ २०८० ८:४४

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदान ललितपुरमा एउटा र दशरथ रंगशालामा दुईवटा खेल हुँदैछन्।

जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ।

रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ। जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *