‘खै मेस्सी ?’ भन्दै मेस्सीको खिल्ली उडाउने साउदी फ्यानले साँच्चिकै मेस्सीलाई भेटे
काठमाडौं । २०२२ विश्वकप फुटबलको समूह चरणको खेलमा साउदी अरेबियासँग अर्जेन्टिना पराजित भएपछि अर्जेन्टिनी टोलीका कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीको खिल्ली उडाएका साउदी अरेबियाका फ्यानले अन्ततः मेस्सीलाई साँच्चिकै भेटेका छन् ।
If this is a real photo, this is legendary. The biggest Messi hater of the 2022 World Cup, the “Where is Messi” guy converted into a huge Messi fan.?
Unreal Influence. pic.twitter.com/a9NgDRpvzK
— FCB Albiceleste (@FCBAlbiceleste) June 6, 2023
अनलाइनमा भाइरल भइरहेको एउटा फोटोमा यी फ्यानले मेस्सीसँग हात मिलाइरहेको देख्न सकिन्छ । यो फोटो र उनीहरुको भेटबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन । ट्वीटरमा प्रयोगकर्ताहरुलाई यो फोटोलाई अविश्वसनीय भन्दै शेयर गरिरहेका छन् । रोचक रुपमा यी फ्यान विश्वकपको फाइनलमा भने अर्जेन्टिनालाई समर्थन गरिरहेको देखिएका थिए ।
Where is messi? pic.twitter.com/H4nqz8iBkL
— ?. (@23__mi) June 1, 2023
विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध भएपछि यी फ्यान एउटा भिडियोमा मेस्सी कहाँ छन् ? भनेर सोध्दै गरेको देखिएका थिए । उक्त भिडियो अनलाइनमा निकै भाइरल भएको थियो । अहिले ट्वीटर प्रयोगकर्ताहरु यी फ्यानले अन्ततः आफ्नो खोजीका क्रममा मेस्सीलाई साँच्चिकै फेला पारेको टिप्पणी गरेका छन् ।







डिसी नेपाल







Facebook Comment