नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।
विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो। सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ।
यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो। आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेकाे हाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment