‘रिलेशनमा छौ की ?’मा बादल र मिस पविको अभिनय

डिसी नेपाल
२५ जेठ २०८० ११:४४
588
Shares

काठमाडाैं। सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ कि?’ बोलको गीत सार्वजनिक गरेका छन्। बुधबार बेलुका सार्वजनिक लोक आधुनिक शैलीको यो गीतमा गायक शिव परियार र गायिका अनु चौधरीको स्वर छ।

बसन्त सापकोटाको संगीत रहेको गीतका संगीत संयोजक कृष्ण बिक हुन्। भिडियोमा बादल मोडल मिस पविसँग प्रस्तुत छन्। फोहोर संकलन गर्ने युवक र ठेलामा व्यापार गर्ने युवतीबीचको मायाप्रेमलाई भिडियोको कथा बनाइएको छ। भिडियोमा मिस पवि ठेलामा तरकारी बेच्ने युवतीको भूमिकामा छिन्।

राजीव समरको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन्। ‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *