२१ युक्रेनी ट्याङ्क नष्ट गरेको रूसको दाबी
काठमाडौं । रुसी सेनाले युक्रेनको दक्षिणी जापोरिझिया र पूर्वी डोनेट्स्कमा ठूलो भिडन्त भएको जानकारी दिएको छ ।
रोयटर्स समाचार एजेन्सीले रुसको भोस्टोक समूहका प्रवक्तालाई उद्धृत गर्दै जापोरिजिया द्वन्द्वमा १३ युक्रेनी ट्याङ्क र डोनेस्कमा ८ वटा ट्याङ्क ध्वस्त भएको बताएको छ ।
यी दावीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
युक्रेनले कुनै पनि आक्रमणको बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ र रसियाले झूट फैलाएको आरोप लगाएको छ।
भर्खरै, रूसी सेनाले पश्चिमी निर्मित लेपर्ड ट्याङ्क नष्ट गरेको दाबी गर्ने भिडियो हटाउन बाध्य भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment