मनिषा कोइराला अभिनित ‘हिरामण्डी’को सुटिङ सकिँदै
मुम्बई। सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन्।
दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै आएकाे छ। शो अहिले पूरा हुनै लागेको छ। शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ।
मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ। सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ। यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ।
‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment