‘जरा हटके जरा बच के’ मा बिक्की र साराको जाेडी जम्दा कमाइ राम्राे

डिसी नेपाल
२९ जेठ २०८० ७:४८
1.1k
Shares

मुम्बई। जरा हटके जरा बचके’ ले पहिलो शोबाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्। योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेकोछ।

कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ।

शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो। योसँगै ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ।

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६.७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ। योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *