३० रुपैयाँमा शाहरुखको फिल्म !

डिसी नेपाल
२९ जेठ २०८० ९:३६
380
Shares

मुम्बई। मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ। ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ।

मराठा मन्दिर सिनेमा र जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल–ए–आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो। त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो। यहाँ यी फिल्म आज पनि देखाइन्छ।

यी फिल्मको टिकट ३० रुपैंयाँ राखिएको छ। यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *