सुपरहिरो बन्दै द केरला स्टोरी अभिनेत्री अदा

डिसी नेपाल
३० जेठ २०८० १४:४६
552
Shares

मुम्बई। फिल्म ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा सुपरहिरो चरित्रमा देखिने भएकी छन्। उनले आफू सुपरहिरो बन्न लागेको स्वीकार्दै बाँकी कुरा खुलाउन चाहेकी छैनन्।

‘मैले जहिल्यै पनि महिला सुपरहिरोलाई राम्री पाएकी छु। म अहिलेलाई यति मात्र भन्न सक्छु कि म सुपरहिरो चरित्रमा अभिनय गर्दै छु। बाँकी कुरा चाँडै साझा गर्नेछु। मलाई एक्सन विधा मनपर्छ। यो विधाको फिल्ममा जोडिन पाउँदा खुशी छु’, उनले भनेकी छन्।

‘ म फरक जनरा, विविध भूमिका गर्न चाहन्छु। मेरा दर्शकले पनि मैले त्यही गरोस् भन्ने चाहेका छन्।’ अदा भन्छिन्,‘द केरला स्टोरी’ पछि यो धेरै फरक हुनेछ भन्नेमा म विश्वस्त छु। यो फिल्मको ट्रेलर आएपछि मात्र यो प्रोजेक्टको बारेमा बोल्नेछु।’

‘द केरला स्टोरी’ले भारतीय बजारमा २ सय ३८ करोडको व्यापार गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *