९ पेगमा जावेदले लेखेका थिए – ‘तुमको देखा तो ये ख्याल आया..’

डिसी नेपाल
३१ जेठ २०८० ९:५०
4.8k
Shares

मुम्बई। गीतकार तथा लेखक जावेद अख्तर बलिउडमा चिनाइरहनु पर्ने नाम होइन। हालैमात्र उनले कैयौं फिल्मको गीत १० मिनेट भित्र लेखेको बताएका छन्।

उनले फिल्म ‘साथ–साथ’ को गीत ‘तुमको देखा तो ये ख्याल आया’ ९ मिनेटमा लेखेर तयार पारेको खुलाएका छन्। जावेदका अनुसार उनले ८ देखि ९ पेग मदिरा पिएपछि उनले यो गीत तयार पारेका थिए।

हालै कोलकाताको एक कार्यक्रममा पुगेका उनले गीत लेखन बारेका कुरा सुनाएका थिए। ‘मैले १० मिनेट भित्र केही गीत लेखेको छु। सिलसिला पछि यश चोपडाका सहायक मेरो नजिक आए । उनले मलाई आफ्नो फिल्मको लागि गीत लेख्न अनुरोध गरे।

उनीसँग पैसा थिएन तर मैले प्रस्ताव स्वीकारें। मैले गीत लेखें, तर सित्तैमा काम गरिरहेकोले गीत पनि अपुरो रह्यो । उनी जहिल्यै बेलुका आउँथे र गीत माग्थे। त्यो समयमा म मदिरा पिउँथे’, उनले भनेका छन्। उनका अनुसार ती निर्देशक र जावेद जहिल्यै बेलुका मदिरा पिएर गफमा भुलिन्थे।

‘हरेक रातीको दुई बजे भोलि गीत पुरा गर्ने सहमति हुन्थ्यो। म ढिलो गर्थे । फेरी एकपटक उसले सोध्यो। त्यो आधा रातको समय थियो । ८ देखि ९ पेग पछि मैले कागज र कलम मागें। मैले त्यो गीत तुरुन्तै पुरा गर्ने निर्णय लिएँ’, जावेद सम्झन्छन्।

‘मलाई थाहा छ कि मैले यो गीत ९ मिनेटमा लेखें। किनकी गीत लेखाउने व्यक्तिले ९ बजेट ट्रेन समात्नुपर्ने थियो। यसकारण ऊ आफ्नो घडी हेरिरहेको थियो। मैले गीत ९ मिनेटमा पुरा गरें र उसलाई दिएँ।

जगजीत सिंहले गीत गाए, त्यो गीत थियो, ‘तुमको देखा तो ये ख्याल आया’। यो गीत शायद राती १२ः३० बजे लेखेको थिएँ’, जावेद भन्छन्। फिल्म ‘साथ–साथ’मा फारुख शेख, दीप्ति नवल, सतीश शाह र नीना गुप्ताको अभिनय थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *