आदिपुरुष बिबादः बालेनको कदममा दीपकराज गिरीको समर्थन

डिसी नेपाल
१ असार २०८० ७:५०
208
Shares

काठमाडौं। ‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दीपकराज गिरीले समर्थन जनाएका छन्।

मेयर शाहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन्।

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्धको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन्।

मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस।’

मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *