सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment