सुरक्षाकर्मीसँगको मुठभेडमा ५ जना विदेशी आतंकवादी मारिए

डिसी नेपाल
१ असार २०८० १२:२२
444
Shares

भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतंकवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा पाँच जना विदेशी आतंकवादी मारिएका छन्।

कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमा सुरक्षाकर्मीसँगको मुठभेडमा पाँच जना विदेशी आतंकवादी मारिएका तथा खोज अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन्।

कारबाहीका क्रममा दुई जना आतंकारीलाई नियन्त्रणमा लिइएको छ। त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *