पतिलाई जेल हालेर ‘ड्रामा क्वीन’ राखि शावन्त ‘लभ इन रिलेसन’मा

डिसी नेपाल
२ असार २०८० ९:१२
6.6k
Shares

नयाँ दिल्ली। राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्वीन’ भनिन्छ। व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन्। राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन्। उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन्।

अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन्। जसमा उनले आफ्नो लभ लाइफको बारेमा धेरै कुरा गरेकी छन् । जसका कारण उनी फेरी लभ इन रिलेसनमा रहेको अनुमान गरेका छन्।

यस अघि राखी सावन्त पति आदिल खान दुर्रानीसँग सम्बन्धमा थिइन्। यो सम्बन्धमा उनले निकै समस्या झेल्नु परेको थियो। यति मात्र होइन, राखी सावन्तले आदिलले आफूमाथि दुब्र्यबहार गरेको आरोप समेत लगाएकी छिन्।

त्यसपछि उनका पतिलाई प्रहरीले पक्राउ गरेको थियो। पतिलाई जेल पठाएपछि राखी सावन्तको जीवनमा अब अर्को विशेष व्यक्तिको प्रवेश भएको चर्चा छ। यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् ।

उनले भनेका छन्, ‘मेरो जीवनमा फेरि धेरै खुसी आओस्, जिन्दगीमा धेरै रोएँ। वास्तवमा म डिप्रेसनमा थिएँ त्यसैले भागेर दुबई गएँ । अहिले त्यहाँबाट धेरै मलम ल्याएको छु। आराम आउनेछ। मलम बिना कसरी बाँच्ने ?’

राखी सावन्तको यो बयानपछि सबैले उनी फेरि प्रेममा परेकी छन् भन्न थालेका छन्। तर, भिडियोको कमेन्टमा अभिनेत्रीले यस विषयमा स्पष्टिकरण दिएकी छिन् ।

उनले आफ्नो कमेन्टमा लेखेकी छन्, ‘मलाई पनि अन्तिम दिनसम्म खुसी रहने अधिकार छ। त्यसैले मलाई न्याय गर्नुहोस्। म खुसी हुन चाहन्छु म सिंगल छु, कुनै सम्बन्धमा छैन । त्यसैले म फेरि मायामा परें भनी नभन। धेरैले मलाई माया गर्छन् तर म अविवाहित छु । यसका अलावा उनले अन्य टिप्पणी पनि गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.