आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ बढ्दा युराेकाे घट्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७८ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३१ रूपैयाँ २९ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो। डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ।
उता युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरेको भाउ घटेको छ। यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २६ पैसा र बिक्रीदर १० रूपैयाँ ३१ पैसा रहेको छ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।







डिसी नेपाल







Facebook Comment