सेन्सरबोर्डबाट प्रदर्शन अनुमति प्रदानपूर्व नै ‘भारतकी’ शब्द हटाइएको हो- सञ्चार मन्त्रालय

डिसी नेपाल
३ असार २०८० २२:४६
168
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा विभिन्न माध्यमबाट जनाइएका आपत्तिका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाइएका अपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भातरकी’ शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो”, मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

चलचित्र आदिपुरुषको जाँचका लागि चलचित्र विकास बोर्डबाट गत जेठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्रलाई प्रदर्शन अनुमति दिइएको विज्ञप्तिमा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *