आलिया भट्ट ‘हार्ट अफ स्टोन’मा भिलेनकाे भूमिकामा
मुम्बई। अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ।
फिल्ममा उनी भिलेन चरित्रमा देखिँदै छिन्। फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन्। फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन्। जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन्।
आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ट्रेलरका शेयर गरेकी छन्। ट्रेलरका केही दृश्यमा आलियालाई देख्न सकिन्छ। आलियाले गर्भवती अवस्थामा यो फिल्मको सुटिङ गरेकी थिइन्। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी ब्राजिल पुगेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment