ईङ्वा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

डिसी नेपाल
४ असार २०८० १३:११
440
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ईङ्वा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ। कम्पनीको ६० लाख कित्ता कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता छन्।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि ‘आईएचएल’ संकेत प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *