पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त
काठमाडौं। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन्।
कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ।
ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ।
परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment