चलचित्र निर्देशनको तयारीमा जेम्स
काठमाडौँ। नेपाली गीतसंगीतमा गायक जेम्स प्रधान स्थापित नाम हुन्। तीन दशकदेखि गायनसँगै संगीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बनेका छन्। छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए।
“यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रुपमा बुझ्न सक्नुहुनेछ। किनकि म फरक फरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, गायक प्रधानले भने, “मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरुप भने दिन सकेको छैन। निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु।”
छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उनले सांगीतिक भिडियोको स्वरूपसमेत दिएका छन्। “यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो। कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु”, गायक प्रधानले भने। आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रुचि बढेको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment