शाहरुख र आर्यनको बयान लिँदै सीबीआई

डिसी नेपाल
७ असार २०८० ८:४९
1.7k
Shares

मुम्बई। अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन।

समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप छ। उनीमाथि लागुऔषध मुद्धामा घुस र जबरजस्ती असुलीको आरोप पनि छ।

अब भने सीबीआईले यो मुद्धालाई अगाडि बढाउनका लागि शाहरुख र आर्यनलाई बयान लिने तयारी गरिरहेको छ। सीबीआईले चाँडै नै आर्यनको बयान लिँदैछ। आर्यन पछि उसले शाहरुखको बयान लिनेछ। वानखेडेको इशारामा आरोपी किरण गोसावी र सेनविल डिजुसाले शाहरुखसँग २५ करोड मागेको आरोप छ। जबरजस्ती असुलीको यो योजनाको तहसम्म पुग्नका लागि बयान दर्ता गराउनुपर्ने आवश्यकता देखिएको छ।

सीबीआईले आर्यनलाई कोर्डेलिया क्रुज मादक पदार्थ मामलामा नफसाउनका लागि शाहरुखसँग २५ करोड घुस मागेको आरोपमा वानखेडे र अन्य चारविरुद्ध ११ मेमा मुद्धा दर्ता गराएको थियो। भ्रष्टाचारको आरोपमा घेरिएका समीरमाथि शाहरुखकी मेनेजर पूजा ददलानीले आफूहरुसँग घुस मागेको बयान दिएपछि समीर संकटमा परेका हुन्। आर्यनलाई कोर्डेलिया क्रूज ड्रग्स मामलाबाट बचाउनका लागि १८ करोडमा डील फाइनल भएको थियो।

जसमा ५० लाख रुपैंयाँ टोकन मनीका रुपमा दिइएको थियो। यो डिलको कुरा साक्षी प्रभाकर सेलले पनि आफ्नो अन्तिम बयानमा भनेका थिए। प्रभाकरले सन् २०२१ मा आर्यनलाई छुटाउनका लागि एनसीबीका एक अधिकारी र गवाह गोसावीसमेतका मानिसले २५ करोड रुपैंयाँ घुस मागेको दाबी गरेका थिए। प्रभाकरको हाल निधन भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *