न्युजिल्याण्डका प्रधानमन्त्री बाइडेनसँग असहमत, भन्छन्, ‘सी जिनपिङ ‘तानाशाह’ होइनन्

डिसी नेपाल
७ असार २०८० १०:२६
220
Shares

सिड्नी। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन्।

‘चीनको सरकारको रूप चिनियाँ जनताको लागि कुरा हो, यो उनीहरुको खुसीका कुरा हो,’ हिपकिन्सले पत्रकारहरूसँग भने।

चिनियाँ जनताले पनि आफनो सरकार तानाशाह हो भनेर भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो।’

हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजिल्यान्डका केही ठूला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछ। सो क्रममा चिनियाँ राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्।

बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ। ‘अमेरिकी राष्ट्रपतिको भनार्इै बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्धन्द्धमा लैजाने छ, यो डरलाग्दो पनि छ भनि प्रतिक्रिया दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *