ट्यनिसियामा रेल दुर्घटना : दुई जनाको मृत्यु, ३४ जना घाइते
ट्यनिस। पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। साथै अन्य ३४ जना घाइते भएका छन्।
ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाए अनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो। पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ।
उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment