हात्तीछापको अष्ट्रलिया र न्यूजिल्याण्ड राइट्स बिक्री
काठमाडौँ। निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘हात्तीछाप’को अष्ट्रेलिया र न्युजिल्याण्ड राइट्स बिक्री भएको छ। फिल्मका निर्माता किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको विभिन्न देशको विदेश राइट्स बिक्री भएको जानकारी दिएका हुन्।
आगामी असार २५ गतेबाट फ्लोरमा जाने फिल्मको अहिले प्रिप्रोडक्सनको काम धमाधम भईरहेको छ। निर्माता नेपालीले फिल्म नेपाल र विदेशमा एक साथ रिलिज गर्ने तयारी भैरहेको पनि बताए । रेड बर्ड प्रोडक्कसनको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।
सुशन प्रजापतिको छायांकन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सनविक्रम राई, गौरव पहारी, उपासना सिह ठकुरी, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारको अभिनय हेर्न सकिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment