छाेरीलाई समय दिन रामचरणले लिए सुटिङबाट ब्रेक
मुम्बई। तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन्।
उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन्। रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन्।
उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन्। तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई आफूले केही समय छोरी र श्रीमतीलाई समय दिने खबर गरेका छन्।
उनी आगामी जुलाईको अन्त्य वा अगष्टको सुरुवातमा सुटिङमा जोडिने छन्। रामचरण र श्रीमति उपासना विवाहको एघार वर्षपछि मातापिता बनेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment