‘मेयर साहेब’ बनाउदै राजु गिरी
काठमाडौँ। राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ।
निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। राजुका अनुसार आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको लागि अहिले कलाकार छनोटको काम भईरहेको छ।
राजनीतिक विषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भईरहेको छ। बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ। फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ। नारायण खाती सिनेमाका सह–निर्माता हुन्।
निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment