सर्पलाई घाँटीमा बेरेपछि …
झापा। सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।
मदिरा सेवन गरेर नसा लागेको बेलामा उनले सर्प समातेका र सर्पलाई घाँटीमा बेरेपछि दुबै हातमा सर्पले डसेको थियो। सर्पको डसाईबाट सख्त भएका उनलाई राति नै चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। – रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment