डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

डिसी नेपाल
१२ असार २०८० १०:४५
3.5k
Shares

काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको छ।

यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ।

विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *