मण्डपबाटै पक्राउ परेका बेहुलालाई पाँच दिन थुनामा राख्न अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले मागेजति दाइजो नदिएकाले विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ ।
सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।
विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment