यस्ता छन् दही चिउरा खानुका फाइदाहरु
काठमाडौं। आज असार १५, असार १५ भन्ने बितिकै हामी रोपाई अनि दही चिउरा सम्झन्छौं। आज देशभर रोपाईका विभिन्न कार्यक्रम गरि माउने पनि गरिन्छ। आजको दिनमा दही चिउरा खानुको बेग्लै महत्वका साथ साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने गर्दछ । दही चिउरामा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन लगायतका तत्वहरु पाइन्छ ।
दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुनेगर्छ। दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। यस्तै चिउरामा कार्बोहाइड्रेड भएकाले यसले हाम्रो शरिरलाई शक्ति प्रदान गर्दछ । चिउरामा प्रचुर मात्रामा आइरन पनि पाइन्छ । यसका साथै दहि चिउरा खानुका अन्य फाइदाहरु निम्नानुसार छन्।
–दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।
पाचन क्रियामा सघाउँछ
–दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।
यसका साथै दहीमा चिउरा मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ। यसले शरीरमा शीतलता प्रदान गर्छ।
–दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।
–दही चिउराको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउने हुन्छ।
–चिउरामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ। एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment