‘हे गर्ल’ पछि निप्पोनले ल्याए ‘आँखाले’ (भिडियो)
काठमाडौँ। रोमाण्टिक भर्सनको ‘आँखाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यो गीतमा मिरिक दार्जिलिङ निवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको स्वर सुन्न सकिन्छ। शिवराज गुरुङको शब्द, संगीत रहेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्।
बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन्। शेखर लामा निर्माता रहेको गीतको भिडियोमा गायक लामा र गायिका खवास फिचर्ड छन्। यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए भने गायिका खवासको यो डेब्यु गीत हो। उनी द भोइस किड्स सिजन २ मा सहभागी भएकी थिइन्। भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment