ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

डिसी नेपाल
१७ असार २०८० १६:१९
1.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना आगामी सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नवनाउन निर्देशन दिएको हो।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए।

उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए।

उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने कामपाका प्रवक्ता नवीन मानन्धर ले जानकारी दिए । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ ।
पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ ।
उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।
कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ ।
 यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.