कोशीमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान, पाँच दिनको समय

डिसी नेपाल
१७ असार २०८० २०:०३
192
Shares

काठमाडौं। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकार गठनको दाबी गर्न दलहरूलाई आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले आइतबार साँझ विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले नेपाल सरकारका महान्यायाधिवक्ताबाट प्राप्त भएको रायका आधारमा उपधारा (२) बमोजिमकै सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई खापुङ्गले पाँच दिनको म्याद दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.