प्रधानमन्त्रीले सिके राउतलाई सरकारमा सहभागी हुन गरे आग्रह

डिसी नेपाल
१७ असार २०८० २१:००
208
Shares
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेट भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउतले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गरेका हुन्।
गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए।
अध्यक्ष राउतले भने, “प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.