इजरायली जेलवाट ‘शुक्रकिट’को तस्करी, एक प्यालेस्टाइनी कैदी पक्राउ
तेलअविभ। दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दागर्दै पक्राउ परेका छन्। कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन्।
रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको सिसी फेला परेको छ। योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ। उनलाई एकान्त कारागारमा पठाइएको छ।
यो थाहा हुन आएको छ कि तस्करी गरिएको शुक्राणुबाट कैदीहरूका बच्चाहरूको जन्माने बिषय प्यालेस्टाइनमा एक धेरै संवेदनशील मुद्दा बनेको छ। इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुको ‘तस्करी’ को शुक्रकीटबाट हालसम्म १०० भन्दा बढी बालबालिकाको जन्म भएको बताइएको छ।
कैदीहरूका पत्नीहरूले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) मार्फत आफूलाई गर्भाधान गरिरहेका छन्। यस तरिकाले सफलतापूर्वक बच्चा जन्माउन कम्तिमा १० हजार डलर खर्च हुन्छ, जुन सामान्यतया धेरै बढी नै हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment