कृषिमा गरिने लगानी न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफैँ फर्कन्छन्ः केपी ओली

डिसी नेपाल
१९ असार २०८० १७:४५
116
Shares

काठमाडौं।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन्।

मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी बिभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे।

स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाई छ। कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए। अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे।

कृषिमा गरिने लगानी प्रभावकारी बनाउदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफैँ घर आउने दाबी गरे।

ओलीले गरिबी निवारणका लागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए। कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीको भनाई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *