मैथली महाकवि विद्यापतिलाई पहाडसँग जोड्नु पर्छः योगेश भट्टराई

डिसी नेपाल
२० असार २०८० ९:४४
144
Shares

सर्लाही। नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली महाकवि विद्यापतिको योगदानवारे सबै नेपालीले बुझ्न आवश्यक रहेको बताएका छन्। उनले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्वबारे जानकारी दिनुपर्ने जनाएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैथली भाषामा महाकवि विद्यापतिको ठुलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ।’  उनले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने बताए।

हरिवन नगरपालिकाको ८ नम्वर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उहाँले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफु अझ प्रफुल्लित भएकाे बताए।

एमालेका केन्द्रीय सचिव र पहाडी जिल्ला ताप्लेजुङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन्।

नेपाल बहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको वारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनुपर्ने उनकाे भनाइ छ। ‘आफु केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जादा मधेशका शिक्षक साथी भेटेर आनन्द आयो,’ भट्टराईले भने, ‘पहाडको वारेमा उहाँहरुले धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि बुझौ।’ आफु मन्त्री भएको वेला इलामको सुर्योदय नगरपालिकामा विद्यापतिको शालिक बनाउन बजेट पठाएको उनले स्मरण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *