प्रधानमन्त्रीले जनादेशको अपमान गरेको एमालेको निष्कर्ष

डिसी नेपाल
२० असार २०८० १६:१३
152
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले आफुलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए।

उनले मुलुकको प्रधानमन्त्रीको बिषय व्यक्तिगत नभएर देशको स्वाभिमानसँग जोडिएको विषय भएकाले दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको उल्लेख गरे।

यसकारण प्रधानमन्त्रीले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएकाले उनको भनाइ छ।

प्रधानमन्त्रीको अभिव्यक्तिको संसदबाट कडा रुपमा आवाज उठाउने बर्तौलाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.