सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध सात दलको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सदनमा पेश गरिएको मिटरब्याजविरुद्धको अध्यादेश, प्रतिपक्षी एमालेको संसद अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ।
यसअघि बुधबार एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरेको थियो। । सदनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेको अवरोध जारी रहेकाले सो बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment