धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग
काठमाडौं। पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् । उनी केही समय अघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।
मोडल तथा कलाकार समेत रहेकी गौतमले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग वृक्षरोपण गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको बताएकी हुन् ।
उनले मेयर साम्पाङको प्रशंसा गर्दै लेखेकी छिन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ ।उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ।’
गौतमले मेयर साम्पाङको श्रम शिविरमा सहयोग गर्न सबैलाई अपिल गर्दै सक्रिय राजनीति छाडेर समाजसेवामा सक्रियता बढाउने उद्घोष गरेकी छिन्।
उनले लेखेकी छिन् , ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment