गायक रोबिन तामाङको आज दाहसंस्कार गरिँदै

डिसी नेपाल
२४ असार २०८० ७:००
1.9k
Shares

काठमाडौं। गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिँदैछ। अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ। गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

उनका केटाकेटी… चिसो चिसो… लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *